सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने


काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस सेयर वितरणपश्चात कायम चुक्तापूँजीमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।

कम्पनीले मंसिर २७ गते, आइतबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे २२ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.७०६ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.७७४५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले हकप्रद सेयर जारी बापत प्राप्त रकमको प्रयोजन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।