काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य सुधार आएको छ । बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो ।
आज ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयरहरू ४० हजार ८३७ पटक किनबेच भएका छन् । कारोबार रकम घटेर ३ अर्ब ८७ करोड ७६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँ पुगेको थियो ।
बिहीबार बोट्लर्स नेपाल बालाजुको सेयर मूल्य ६ प्रतिशतले बढेको बजारमा बोट्लर्स नेपाल तराईको सेयर मूल्य ५.६३ प्रतिशतले, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.८१ प्रतिशतले र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ४.४६ प्रतिशतले बढेको छ ।
यता, एभरेष्ट कलरको सेयर मूल्य ५.४५ प्रतिशतले घट्दा प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ४.३२ प्रतिशतले र नेपाल वेयरहाउजिङको सेयर मूल्य ३.६३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक १६ करोड ७८ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । यस्तै ४ लाख ८७ हजार ६३३ कित्ता सेयर १ हजार ३८६ पटक किनबेच हुँदा कारोबार रकमको आधारिमा पनि सोहि बैंक शीर्षस्थानमा रहेको छ ।







