धितोपत्र बोर्ड अध्यक्षमा महेश बराल

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा महेश बरालले जिम्मेवारी लिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिएका हुन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।…