एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड चैत मसान्तसम्ममा साढे ७ करोड नोक्सानीमा पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान व्यहोर्न परेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ब्याज आम्दानी घटेपछि ७ करोड ४९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा पुगेको…