शौर्य सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, वार्षिक साढे ७ अर्बको कारोबार

नेपालका ठूला व्यापारिक घराना अम्बे ग्रुप, हुलास ग्रुप, शङकर ग्रुपको संयुक्त लगानी रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिजले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा दिनको २ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन…