नेप्सेद्धारा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन, कारवाहीका लागि बोर्डमा पत्राचार

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्थगन गरेको छ । कम्पनीले हिजो सोमबार नियामक नेपाल बीमा प्राधिकरणलाई जानकारी नगराई चालु आर्थिक वर्ष २०८०/८१ को लागि अन्तरिम लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको धितोपत्रको कारोबार मंगलबारका लागि स्थगन गरेको हो । नेप्सेका अनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गर्दै थप कारवाहीका लागि …