नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।…