खानीखोला हाइड्रोपावरले माग्यो साढे ४६ करोडको हकप्रद अनुमति

खानीखोला हाइड्रोपावर कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको हकप्रद निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले एक बराबर एक अनुपात (१ः१) मा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो । नेपाल धितोपत्र बोर्डमा कम्पनीले फागुन १७ गते निवेदन दिएको छ…