फागुन २९ गते मंगलबारको बजारमा नेप्सेमा ५८.५८ अंकको वृद्धि हुँदा पाँच लघुवित्तको सेयर मूल्य दश प्रतिशतका दरले बढेको छ । यससँगै ती लघुवित्तको सेयर धारण गर्ने लगानीकर्ता मालामाल भएका छन् । मंगलबारको कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।…