पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बुधबार बिहान ७ः४५ बजे ठूलो आवाज सहित बम विष्फोट भएको जनाइएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको नवनिर्मित घरमा आज बिहान करिब ७ः४० बजे शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको हो।  बम फिस्फोटबाट मनहरा फाँटस्थित बास्कोटाको…