कर्जा भुक्तानी गर्न नसकेपछि हाइड्रोपावर कम्पनी नै लिलामीमा

बैंक तथा वित्तीय संस्थाहरुबाट आयोजना निमार्ण गर्न लिएको ऋण लामो समयसम्म तिर्न नसकेपछि तीन मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको छ। आयोजना निमार्णका लागि हाइड्रोपावर कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाले गत पुस १६ गते कान्तिपुर पत्रिकामा कर्जा भुक्तानी गर्ने ३५ दिने सूचना प्रकाशित गरेको थियो। ऋण तिर्न आउन बैंकले…