मंगलबार सामान्य घटेको शेयर बजारमा बुधबार पुन सुधार आएको छ । अधिकांस समूहका सूचक उकालो लाग्दा समग्र बजार करिब दुई अंकले सकारात्मक बनेको छ भने झण्डै ५४ करोड बराबरको कारोबार भएको छ । बुधबार नेप्से १.८२ अंकले बढेर ११६८.०३ विन्दुमा पुगेकोे छ । यसदिन १७५ कम्पनीको ५३ करोड ८३ लाख बढीको शेयर किनबेच भयो ।…