मिर्मिरे लघुवित्त (MMFDB) को खुद नाफा १२४.१६ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तको नाफा १ करोड ७७ लाख थियो। स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने प्रक्रियामा रहेको यस लघुवित्तको खराब कर्जा अनुपातमा भने वृद्धि भएको छ ।…