मञ्जुश्री फाइनान्सको मुनाफामा छलाङ्ग, कसरी पुग्यो प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ?

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद मुनाफामा छलाङ्ग नै मारेको छ। पछिल्लो तीन महिनामा मात्रै ११ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको यस फाइनान्सको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा १४ करोड ३३ लाख रुपैयाँ पुगेको हो। दोस्रो त्रैमाससम्मको फाइनान्सको यो मुनाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२८.४५ प्रतिशत बढी हो। गत…