ओरियन्टल होटलले अघिल्लो बर्षको भन्दा घटाएर प्रस्ताव गर्यो लाभांश

ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो वर्ष ११.३२ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कूल २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।…