प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताएका छन् । बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उनले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेकेदार कम्पनीलाई सरकारले पुरस्कारको व्यवस्था गर्ने बताए। मुख्यमन्त्री पौडेलले २२ वर्षदेखिको सपना पूरा हुने दिशातर्फ अगाडि बढेको जनाउँदै सरकारले आगामी तीन वर्षभित्र…