किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट २४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कर प्रयोजनार्थ १.१४ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।…