अघिल्लो सातादेखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको छ। यसदिन नेप्से सूचक ७.२३ अंकले बढेर १२२२.०६ अंकमा पुगेको छ। लगातार चार दिन घटेको बजारमा पाँचौ दिन सुधार आएको हो । सोमबारको कारोबारमा नेप्से सूचक सँगै कारोबार रकम समेत बढेको छ।सोमबार १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो।…