उन्नति माइक्रोफाइनान्सको ८,८९५ कित्ता शेयरको लिलामी खुल्यो

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको बिहीबार देखि ८ हजार ८९५ कित्ता शेयरको लिलामी खुलेको छ । कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता शेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्ने हुन्छ ।…