नेपालले वैदेशिक लगानीकर्ताहरूलाई यहाँ आर्जन हुने सम्पत्तिमा अधिकार सुनिश्चित गर्नुपर्ने विश्व बैंकका निजी क्षेत्र सम्बन्धि विज्ञ पिटर माउसलीले बताएका छन् । लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौंमा सुरू भएको ‘नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३ को दास्रो सत्र अन्तरगतको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । नेपालमा बाह्यबाट वित्तीय लगानी ल्याउन…