बैंकहरुले निक्षेपको ब्याजदर घटाए अनुसार कोषको लागत घट्न सकेको छैन । चालु आवको चैतसम्ममा मुद्दत्ती निक्षेपको औसत ब्याजदर उच्च दरमा घटेको भएपनि कोषको लागत नघटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार अन्तिमसम्ममा बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका थिए । व्यक्तिगत मुद्दत्ती निक्षेपको ब्याजदर चैतसम्ममा आइपुग्दा औसत ब्याजदर ७.२५ प्रशितमा…