निक्षेप संकलन उपकरणको ब्याजदर यो बर्षकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पछिल्ला ३ दिनमा ६६ अर्ब रुपैयाँ तरलता खिचेपछि बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले लिने निक्षेपको ब्याजदर बढेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गरी अन्तर बैंक ब्याजदरलाई स्थिर राख्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्छ…