नयाँ सरकारले २ प्रतिशत व्याज घटाए अर्थतन्त्र चलायमान हुन्छ : परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका जटिलता समाधानका लागि नवगठित सरकारले ब्याजदर घटाउन सुझाएको छ । पहिलो चरणमा २ प्रतिशत विन्दुले व्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन सरकारले पहलकदमी लिनुपर्ने परिसंघले सुझाएको हो । सोमबार नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णु अग्रवालले व्याजदरका कारण नै अर्थतन्त्र चलायमान हुन नसकिरहेको बताएका हुन् ।…