कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको मङ्सिर २८ गते बिहीबार ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को लागि सेयरधनीहरुलाई दिने बोनस सेयर वा नगद कुनै लाभांश प्रस्ताव नगरेको हो । बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण पारित गरी सो को स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने…