नेपालीहरुको महान् पर्व बडादशैं नजिकिँदै गर्दा दशैं तिहारलाई लक्षित गर्दै बैंकहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्न थालेका छन् । अन्य समयमा भन्दा चाडपर्वका बेला बढी नगद कारोबार हुने भएकाले पनि बैंकहरुले सर्वसाधरणलाई आफुतर्फ आकर्षित गर्नका लागि दशैं अफरहरु ल्याएका हुन् । अधिकांश बैंकहरुले दशैँ, तिहार र छठलाई लक्षित गर्दै उच्च ब्याजदर, छुट र थप सेवा…