ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) को बुधबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को कुल नाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको छ । बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो ।…