लक्ष्मी बैंकको खुद नाफा ८१ करोड ७३ लाख

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ८० करोड ७१ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १.२७ प्रतिशतले बढेको हो । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ छ ।…