एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड

एनआईसी एशिया बैंक (NICA) ले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । जुन वार्षिक बिन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २१.७७ प्रतिशत…