नेपाल बङ्गलादेश बैंकको कामु सीईओमा भुपेन्द्र पाण्डे

नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीइओ पदमा कार्यरत रहेका थिए…