भारतीय आईसीआईसीआई बैंकले नेपालमा सुरु गर्यो कारोबार

भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो । प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन…