लघुवित्तहरु नियामकीय पालनामा चुस्त भएपनि खराब कर्जा ३० अर्ब माथि, ऋणीको संख्या ८ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरुको नियामकीय परिपालना सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकको गैर स्थलगत सुपरिवेक्षण अनुसार खराब कर्जा बढेको भएपनि नियामकीय परिपालनालाइ पूर्ण रुपमा अनुसरण गरेको देखिएको हो । चालु आर्थिक वर्षको पुससम्ममा तीन लघुवित्त वित्तीय संस्था केन्द्रीय बैंकको कारबाहीमा परेका छन । ती संस्था पहिल्यै देखि समस्यामा रहेका थिए ।…