काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा हाल पैसा प्रशस्त भए पनि लगानी विस्तार ठप्प छ। ब्याजदर इतिहासकै न्यून बिन्दुमा झरेको छ तर नयाँ परियोजनामा माग बढेको छैन। राष्ट्र बैंकले ८ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरिसक्दा पनि प्रणाली ‘ओभर लिक्विडिटी’मै अड्किएको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सुरुवातदेखि हालसम्म ७ खर्ब ७० अर्ब रुपैयाँ बजारबाट…