राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा उच्च हिमाली जिल्ला डोल्पामा

राष्ट्रिय वाणिज्य बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको समुदघाट्न गरे । यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग…