म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालनमा

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन्। आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी…