नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको ब्यवस्था स्थगन गरेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा समस्या बढ्न सक्ने भएकाले बैंकहरुलाई चलायमान बनाई राख्न काउन्टर साइक्लिकल बफर स्थगन गरेको केन्द्रीय बैंकले जनाएको छ । आर्टिकल फोरको आइएमएफको टोलीले समेत वित्तीय क्षेत्रमा जोखिम बढेको हुनाले जोखिम न्यूनिकरण गर्नका लागि काउन्टर साइक्लिकल बफर बढाउनुपर्ने सुझाव दिएको थियो ।…