नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) ३ प्रतिशतमा झारेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बैंक वित्तीय संस्थालाई तरलता प्रवाहमा सहज होस् भनेर सीआरआर घटाएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि “क”, “ख” र…