हिमालयन बैंकको तीन अर्बको ऋणपत्रमा आवेदन खुल्यो, दश प्रतिशत ब्याज

हिमालयन बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्रीमा आएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गरेकोे हो । बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नेछ ।…