वाणिज्य बैंकहरुको निक्षेप वृद्धि अति सुस्त देखिएको छ भने निक्षेप बढ्न नसक्दा कर्जा विस्तार पनि खुम्चिदै गएको छ । फागुन महिना लागेपछि बैंकहरुमा निक्षेप वृद्धि प्राय ठप्प छ । फागुनको पहिलो साता ३ अर्ब निक्षेप घटेकोमा दोस्रो साता ३ अर्ब निक्षेप थपिएको थियो । यस्तै तेस्रो साता पनि बैंकहरुमा २ अर्ब मात्र निक्षेप थपिएको छ…