नेपाल राष्ट्र बैंकले बैंकहरुबाट १५ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत १० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले साउन १६ गते विहीबार बोलकबोल मार्फत उक्त रकम बैंकहरुबाट उठाउने जनाएको छ । बैंकिङ प्रणालीमा ९० अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको र त्यसको व्यवस्थापनका लागि बोलकबोलमार्फत १० अर्ब रुपैयाँ निक्षेप उठाउन लागिएको राष्ट्र बैंकले…