बैंकर्स संघको माग: स्प्रेड र बफर क्यापिटलमा लचिलो नीति, ब्याजदरमा खुलापन

नेपाल बैंकस संघले स्प्रेडदर र बफर क्यापिटलको व्यवस्थामा लचिलो नीति दिन नियामक निकाय नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव संकलन कार्यक्रममा बोल्दै बैकर्स संघ अध्यक्ष भुवन दाहालले सो आग्रह गरेका हुन् । दाहालले मौद्रिक नीतिले दिएको निजी क्षेत्रको कर्जाको लक्ष्य भन्दा धेरै कर्जा प्रवाह भएको अवस्थामा मात्र बफर…