जनता बैंक अर्बपति क्लबमा प्रवेश गर्दा प्रतिशेयर आम्दानी बढ्यो, निक्षेप बढाउनु पर्ने दबाव कायमै

जनता बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा एक अर्ब कमाएको छ ।बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएर एक अर्ब दुई करोड पुर्याएको हो । गत आवको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ६३ करोड ७५ लाख रुपैयाँ थियो । बैंकको वितरण योग्य नाफा ६१ करोड ७३ लाख छ ।…