कस्ट अफ फण्ड वढ्दा पनि गरिमा विकास बैंककोे नाफा २१ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको कोषको लागत वढेको भएपनि नाफा वृद्धिमा भने असर पुगेको छैन । बैंकले चालु आवको असोजसम्ममा १८ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा २१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ नाफा…