नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस शेयर तथा ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ…