डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा, राष्ट्र बैंकले गठन गर्यो छानबिन समिति

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । सरकारको निर्देशन अनुसार राष्ट्र बैंक सञ्चालक समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेसँगै श्रेष्ठ निलम्बनमा परेका हुन् । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले श्रेष्ठमाथि सरकारले लगाएका आरोपबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा…