ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई (सीईओ नियुक्त गरेको हो । ढकाल चार वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन् । यसअघि बैंकको मंसिर ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कायम मुकायम सीईओको जिम्मेवारी तोकेको थियो…