बैंक सम्बन्धि ऐनलाई समयानुकुल बनाउन जरुरीः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनका केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् । सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने अवस्थामा अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् । उनले…