नेपाल एसबिआई बैंकको साधारण सभा पुस १३ गते

नेपाल एसबिआई बैंक लिमिटेडले पुस १३ गते ३० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको छ । सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।…