नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचिकृत कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ । नेप्सेले कारोबारको अन्तिम समयमा सेयर मूल्य घटाउने/बढाउने स्तरवृद्धि रोकि क्लोजिङ प्राइस निर्धारणलाई व्यवस्थित गर्न लागेको हो । नेप्सेले कुनै पनि कम्पनीको हरेक दिनको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ कायम गर्दै आएकोमा त्यसलाई परिवर्तन गर्ने तयारी गरेको हो । नेप्सेले धितोपत्र…