काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेको ओरालो यात्रा कायमै रहेको छ ।
कारोबारको पहिलो दिनदेखि नै घटेको सेयर बजार परिसूचक नेप्से सोमबार ९.६२ अंकले घटेको छ । यससँगै सेयरबजार २६१०.७६ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार कारोबारमा आएका ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार ८८४ पटक किनबेच हुँदा सेयर बजारमा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । हिजो ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने आज कारोबार रकम ७ अर्बमा खुम्चिएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेघाश्री फार्मस्युटिकल्स र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशत विन्दुले बढेको हो ।
यता हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत, रिभर फल्ड पावरको सेयरमूल्य ६.७४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.०२ प्रतिशत र बुटवल पावर कम्पनीको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया