अर्थतन्त्रमा जोखिम बढेको संकेत देखिनुमा रेमिट्यान्स प्रमुख कारकको रुपमा देखा परेको छ । रेमिट्यान्सले अस्वभाविक आयात बढाएपछि अर्थतन्त्र मै समस्या देखिएको हो । कुल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष योगदान नभएपनि अर्थतन्त्रलाई गति दिनमा मूख्य भुमिका निर्वाह गरेको रेमिट्यान्सले विकृतीहरु पनि भित्राएको नबिल बैंक अध्यक्ष उपेन्द्र पौडेलले बताए । “रेमिट्यान्सका कारण उपभोग बढ्यो,”पौडेलले भने,“रेमिट्यान्सको सहयोगमा वृद्धि भएको…