राहदानी बापतको विदेशी मुद्रा क्यूआर मार्फत भुक्तानी गर्न सकिने, भारु सीमा दैनिक १५ हजार

नेपाल राष्ट्र बैंकले क्रस बोर्डर क्यूआर भुक्तानीको नीतिगत व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भारतसंगको क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु भएसंगै अन्य देशका लागि पनि सहज हुने गरी आवश्यक व्यवस्था गरेको हो । राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारत तथा अन्य मुलुकहरुमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गर्दै केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकिकृत निर्देशनमा…